
काठमाडौँ । नेपाल स्टक एक्सचेन्जका कर्मचारीले धर्ना दिएका छन् । नेप्सेको पुनर्संरचनाको माग गर्दै उनीहरूले धर्ना दिएका हुन् । बुधबार कर्मचारीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडलाई सार्वजनिक निष्कासन मार्फत पुनर्संरचना गर्नुपर्ने मागसहित धर्ना दिएका हुन् ।
नेप्से कर्मचारी सङ्घको आयोजनामा नेप्सेलाई पुनर्संरचना गरी सबल, सक्षम, प्रतिस्पर्धी तथा आधुनिक प्रविधियुक्त बनाउन नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै पहिलो चरणमा प्लेकार्ड सहित दबाबमूलक कार्यक्रम (एक घण्टे धर्ना) दिएका हुन् ।
नेप्सेको पुनर्संरचना गर्ने विषयलाई सम्बन्धित सरोकारवाला पक्षले सम्बोधन नगरेसम्म दबाबमूलक कार्यक्रमलाई निरन्तर जारी राखिने नेप्से कर्मचारी सङ्घले जनाएको छ ।