नेप्से आज ६.५९ अंकले घट्यो

नेप्से आज ६.५९ अंकले घट्यो

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन आज बजार परिसूचक नेप्से ६.५९ अंक (०.३५ प्रतिशत) ले गिरावट भएर १८९६।३८ अंकमा बन्द भएको छ ।

आज बैंकिङ, निर्जीवन बीमा कम्पनी, व्यापार उपसूचकमा वृद्धि भएको छ भने त्यसबाहेकका सबै उपसूचक घटेको छ । विकास बैंक, वित्त कम्पनी र उत्पादनमुलक उपसूचक भने १ प्रतिशत माथिले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही वृद्धि भएर १ अर्ब नाघेको छ । हिजो करिब ९५ करोडको कारोबार भएको बजारमा आज २७ लाख ४५ हजार १०९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २ करोड ३६ लाख १० हजारको कारोबार भएको छ । जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ८ करोड २२ लाख ३५ हजारको कारोबार भएको छ ।

त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ४ लाख ९८ हजारको सेयर कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको ४ करोड ६७ लाख २२ हजारको कारोबार भएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com