जापान जाने यात्रुले उद्देश्य पुष्टि हुने कागजात अनिवार्य बोक्नुपर्ने

जापान जाने यात्रुले उद्देश्य पुष्टि हुने कागजात अनिवार्य बोक्नुपर्ने

काठमाडौँ । नेपाल एयरलाइन्सले काठमाडौँबाट जापान जाने यात्रुले आफ्नो यात्राको उद्देश्य स्पष्ट र भरपर्दो पुस्ट्याइँ हुने कागजात अनिवार्य बोक्न अनुरोध गरेको छ ।

मङ्गलवार एक सूचना जारी गर्दै एयरलाइन्सले टिकट खरिद गर्दाकै बखत जापान सरकारले निर्दिष्ट गरेका प्रवेषाज्ञा सम्बन्धी सबै कुरा बुझेर मात्र टिकट लिन यात्रुहरूलाई अनुरोध गरेको छ ।

पछिल्लो समय काठमाडौँबाट जापान जाने यात्रुहरूको ‘यात्राको उद्देश्य (परपोज अफ ट्राभल) स्पष्ट नभएको’ लगायत अन्य विविध कारण जनाई जापान पुगिसकेपछि त्यहाँको अध्यागमनले जापान प्रवेश निषेध गर्ने गरेको पाइएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com