रोकियो २२ हजार पूर्वशिक्षकको पेन्सन

रोकियो २२ हजार पूर्वशिक्षकको पेन्सन

काठमाडौं । सरकारले बजेट अभावको कारण देखाउँदै २२ हजार पूर्वशिक्षकको पेन्सन (निवृत्तिभरण) सुविधा रोकेको छ । सरकारले चैत महिनाको पेन्सनबापतको पाउनुपर्ने करिब २२ हजार पूर्वशिक्षकलाई सुविधा दिन नसकेको हो ।

निवृत्तिभरण लिने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । निवृत्तिभरण व्यवस्थापन कार्यालयले बाँकी २२ हजारको निवृत्तिभरणका लागि बजेट अपुग भएको जनाएको छ ।

सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब बढ्दा पेन्सन पनि बढ्ने भएकाले बजेट अपुग भएको कार्यालयले जनाएको छ ।

नेपाल सरकारसँग नै पेन्सन खुवाउने रकम नभएर भने उनीहरूले पेन्सन नपाएको भने होइन । कार्यालयका अनुसार बजेट बनाउने बेलाकै अवस्थामा बजेट छुट्याएको र पछि तलब-पेन्सन बढेर आएपछि सो बढेबापतको रकम खुवाउन समस्या परेको हो ।

उपत्यकाका तीन जिल्लाका साथै झापा, मोरङ, जनकपुर, भैरहवालगायत १२ वटा जिल्लाका शिक्षकले पेन्सनको पैसा पाउन सकेका छैनन् ।

कार्यालयले अर्थ मन्त्रालयमा ५ अर्ब माग गरेको र सो पैसा आइनसकेको जनाएको छ । अर्थबाट निर्णय भइसकेकाले बजेट आउन साथ पूर्वशिक्षकलाई पेन्सन वितरण गर्ने कार्यालयले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com