पेट्रोल र डिजेलको मूल्य घट्यो
Anna Rise

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको जनाएको छ।

घटाइएको नयाँ मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुनेछ। नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा १६७, डिजेल र मट्टितेल १५७ रुपैयाँ पर्नेछ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com