निर्माण व्यवसायी महासंघ संखुवासभाको अध्यक्षमा राई

निर्माण व्यवसायी महासंघ संखुवासभाको अध्यक्षमा राई

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ संखुवासभाको अध्यक्षमा सन्तोष राई निर्वाचित भएका छन् । हिजो सोमबार महासंघको १६ औं जिल्ला अधिवेशनले राईलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा आशिष शाक्य, उपाध्यक्षमा सुमन श्रेष्ठ, महासचिवमा सुनिलकुमार श्रेष्ठ, सचिवमा सुवर्ण शाक्य र कोषाध्यक्षमा किरणबाबु उदास निर्वाचित भएका छन् ।

यसैगरी सहकोषाध्यक्षमा हरिबहादुर जोशी र खुल्ला सदस्यहरुमा संगीता राई, ओमकुमार राई, बसन्तकुमार चापागाईं निर्वाचित भए । सदस्यमा राजेन्द्र घले, बलबहादुर श्रेष्ठ, प्रेमकुमार लिम्बु र केवलमान गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com