तीन दिनदेखि रसुवा भन्सार ठप्प

तीन दिनदेखि रसुवा भन्सार ठप्प

रसुवा । ब्यापारमा सहजीकरण नभएको भन्दै ब्यापारीहरुले चीनबाट नेपाल ल्याईएका समाग्रीहरुको भन्सार जाँच पास नगर्दा तीन दिनदेखि रसुवा भन्सार कार्यालयमा भन्सार असुली ठप्प भएको छ ।

दैनिक करोडौ रुपैयाँ राजश्व असुली हुने यस भन्सार कार्यालयमा तीनदेखि ब्यापारीहरुको अनुपस्थितीले भन्सार असुली ठप्प भएको हो । चीनबाट नेपाल ल्याईएका समाग्रीहरुको भन्सार गर्दा सरकारी निकायले दुख दिन थालेको भन्दै ब्यापारीहरुले समाग्रीहरुको जाँच पास बन्द गरेको बताएका हुन् ।

आयातित सामानको खरिद बील, बजार मूल्य, गुणस्तर र स्वघोषणालाई बेवास्ता गरेर आफूखुसी अस्वभाविक रूपमा मूल्यांकन बढाउँदै करोडौ रुपैयाँ जरिबाना गर्न थालेपछि भन्सार जाँच पास नगरेको ब्यापारी बुद्धराज बस्नेतले बताए ।

उनीहरूले रसुवा भन्सारले जाँच गरेर सिल लगाइसकेको कन्टेनरलाई पनि पुनः मूल्यांकन गर्न लगाउने, व्यापारीको कुरै नसुन्ने र राजस्व पुगेको छैन तिर्नैपर्छ भनेर दबाब दिने गरेको दाबी ब्यापारीहरुले गरेका छन् ।

यता रसुवा भन्सार कार्यालयले भने भन्सार बिभागबाट तोकिएको सन्दर्भ मुल्य सूचीलाई आधार मानी ब्यापारीहरुले ल्याएका समाग्रीहरुको जाँच पास गर्ने गरिएको बताएको छ ।

चीनबाट हुने मालवस्तु आयातमा भन्सारले आफू खुसी मूल्यांकन गरेको भन्दै व्यापारीले यसको दीर्घकालीन समाधान नभएसम्म रसुवा नाकाबाट कारोबार नगर्ने घोषणा गरेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com