४ महिनामा रेमिट्यान्स आप्रवाह २० दशमलव ४ प्रतिशतले बढ्यो

४ महिनामा रेमिट्यान्स आप्रवाह २० दशमलव ४ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा रेमिट्यान्स आप्रवाह २० दशमलव ४ प्रतिशतले बढेको छ ।

साउन, भदौ, आसोज र कात्तिकमा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ दशमलव ० प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १० दशमलव ८ प्रतिशतले बढेर २ अर्ब ९३ करोड पुगेको छ ।

अघिल्लो वर्ष डलरको आप्रवाह ७ दशमलव ३ प्रतिशतले घटेको थियो । गत चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या पनि १ सय २ दशमलव ५ प्रतिशतले बढेको छ ।

यो अवधिमा १ लाख ९५ हजार १ सय ९६ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या यो अवधिमा ४६ दशमलव ४ प्रतिशतले बढरे ८७ हजार ४२८ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या २ सय ४९ दशमलव १ प्रतिशतले बढेको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com