रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक

काठमाडौं । सरकारले युद्धग्रस्त मुलुक रसिया र युक्रेनका लागि दिंदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । रसिया–युक्रेनबीच जारी युद्धका लागि नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भइरहेको भन्दै दुई देशमा श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ ।

यी दुई देशमा वैदेशिक रोजगारीका लागि दिंदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मलाई स्थगन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिएका छन ।

उनले भने, ‘रुसी सेनामा गएर नेपालीहरुको मृत्यु भएको खबर आइरहेको छ, ‘यस विषयमा अध्ययन तथा छानबिन पनि भइरहेकाले हाललाई श्रम स्वीकृति रोकेका छौं ।’ हालसम्म रुसी सेनमा गएर ९ जना नेपालीको मृत्यु भएको छ भने रुसी सेनामा भर्ना भएका ४ जना नेपाली युक्रेनी सेनाको कब्जामा रहेका छन ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com