सेयर बजार दोहोरो अंकले वृद्धि, पौन ३ अर्बको कारोबार

सेयर बजार दोहोरो अंकले वृद्धि, पौन ३ अर्बको कारोबार

काठमाडौं । सेयर बजार बिहीबार दोहोरो अंकले वृद्धि भएको छ । बिहीबार ११।७३ अंकले वृद्धि भएको सेयर बजार १८५२।७७ विन्दुमा आएर बन्द भएको छ ।

यसदिन २९९ कम्पनीको ५३ हजार १४६ पटक भएको कारोबारमा ९५ लाख ५ हजार ६०८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैयाँको कारोबार भएको छ ।

आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । आज बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, विकास बैंक र जलविद्युत् समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज सबैभन्दा धेरै त्रिशूली जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा समाज लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज ग्लोबल आईएमई लघुवित्तको शेयर साढे ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको ८६ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com