सेयर बजारमा ओरालो, २ अर्बको कारोबार

सेयर बजारमा ओरालो, २ अर्बको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार सेयर बजारमा ओरालोे लागेको छ । नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९८ अङ्कले घटेर ३८४.३६ विन्दुमा पुगेको छ। माघ २६ गतेदेखि घटेको सेयर बजार १३ दिनपछि बुधबार बढेको थियो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६० कम्पनीको ६३ लाख २६ हजार १०५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब रुपैयाँ ५२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको आधारमा छिमेकि लघुवित्त वित्तिय संस्था शीर्ष स्थानमा रहेको छ। यसको आज ८ करोड ७० लाखभन्दा बढीको कारोबार भएको छ। यसैगरी एनआईसि एसियाको ७ करोडको कारोबार भएको छ ।

बिहीबार सबै उपसुचक कम्पनीहरुमा ओरालो लागेको छ। आजको नेपाल हाईड्रो डेभलोपर रसामलिंग पावर कम्पनीको ४ प्रतिशतको सेयर कारोबार भएको छ। 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com