सेयर बजार २३.३९ अंकले वृद्धि

सेयर बजार २३.३९ अंकले वृद्धि

काठमाडौं । सेयर बजार २३.३९ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक २३.३९ अंक बढेर १८४५.०१ विन्दुमा पुगेको छ। बुधबार २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाको कारोबार भएको छ ।  

सबैभन्दा बढी शिवम् सिमेन्ट्सको ५ करोड ४४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसैगरी, नेपाल टेलिकम र एनआईसी एशिया बैंकको ४ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

र सकारात्मक सर्किट लेभलमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.९९ प्रतिशत अर्थात् ८४ रुपैयाँ ८० पैसा बढेर ९३३ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com