बिहीबार सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने

बिहीबार सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने

काठमाडौ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो । 

सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । तसर्थ, बिहीबार सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । नेम्वाङले संविधान निर्माणका क्रममा पुर्याएको योगदानको कदर गर्दै सरकारले उनको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com