सुपर माईको आइपीओ बाँडफाँट

सुपर माईको आइपीओ बाँडफाँट
Published on
Updated on

काठमाडौँ । सुपर माई हाइड्रोपावरको शुक्रबार बिहान बाँडफाँट भएको छ। कम्पनीको आइपीओ आज फागुन ५ गते बिहान भएको हो।

यसमा ४१ हजार ५०० जना सर्वसाधारण आवेदकले गोला प्रथामार्फत १० कित्ताका दरले सेयर हात पारेका छन्। आइपीओका लागि कुल १३ लाख २२ हजार ४ सय ९२ जनाले आवेदन दिएकामा ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी गराएको छ।

कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४१ हजार ५०० कित्ता आइपीओ बिक्री खुला गरेको हो।

कुल ५ लाख कित्तामध्ये १०५ अर्थात् ५० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गरिएको थियो भने ५५ अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोष र २५ अर्थात् १० हजार कित्ता कर्मचारीहरू छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com