आजबाट तातोपानीलगायत उत्तरी चिनका नाकाहरु खुल्ला हुने

आजबाट तातोपानीलगायत उत्तरी चिनका नाकाहरु खुल्ला हुने

काठमाडौं । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आज देखी खुला हुने भएका छन् । भूकम्पका कारण बन्द भएको मुख्यतः सिन्धुपाल्चोकको तातोपानीनाकासहित अन्य चिनिया नाकाहरु पनि सोमबारदेखि खुला हुने भएको हो । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार गत चैतमा चीनसँग भएको छलफलको परिणामस्वरुप १८ वैशाख देखि चीनतर्फका सबै नाका खुल्न लागेका हुन् । मन्त्रालय सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच नाका खोल्ने बारेमा सहमति भएको थियो  ।

जसअनुसार मुस्ताङको कोरला, मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला र डोल्पाको उत्तरी नाकालगायत आजवाट खुल्नेछन् ।

चीनतर्फका नाका मध्ये मुख्यतः सिन्धुपाल्चोकको तातोपानी नाका भुकम्पका कारण बन्द भएको थियो भने रसुवाको केरुङ नाका कोभिड–१९ को महामारी पछि पुर्ण रुपमा सुचारु हुन सकेका थिएनन ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com