सरकार चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरण गरिरहेको छः अर्थमन्त्री पौडेल

सरकार चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरण गरिरहेको छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले सरकार चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरण गरिरहेको बताउनुभएको छ ।

बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अर्थमन्त्री भएर अर्थमन्त्रालमा आएको दिनदेखि अर्थतन्त्रमा देखिएका चुनौति र समस्या समाधानको लागि अर्थतन्त्रको शुद्धिकरण गरिरहेको बताउनुभएको हो । उहाँले सबै किसिमले आर्थिक अवस्था सामान्य हुँदा अर्थतन्त्र समस्यामा परिरहेको भन्दै समस्याग्रस्त अर्थतन्त्रको समाधान आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो ।

मन्त्री पौडेलले अर्थतन्त्रका समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउन सरकारले प्रयत्न गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भूकम्पले ढाल्न नसकेको र नाकाबन्दीले झुकाउन नसकेको कोरोना महामारी पार गरेको नेपाली अर्थतन्त्र अहिले दुर्घटना हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको बताउनु भयो । उहाँले सबै अफ्ठ्याराहरु पार गरेको अवस्था अर्थतन्त्रलाई माथि उठाएर हिँड्न सक्षम पाइलट खोज्ने अवस्थामा किन पुग्नुपरेको भन्दै प्रश्न उब्जिएको बताउनु भयो ।

मन्त्री पौडेलले अर्थमन्त्री भएर आएदेखि मन्त्रालयको कार्यसम्पादन, अभ्यास र अनुभवहरु मुलुकको अर्थतन्त्रका बारेमा सुक्ष्म ढङ्गले अध्ययन गरिरहेको अर्थतन्त्रको समस्याको सार्थक र निर्णायक प्रहार गर्दै समाधानका साथ उपायहरु खोजिरहेको बताउनु भयो ।

उहाँले अर्थमन्त्री भएर आएपश्चात निजी क्षेत्रका समस्याहरु समाधान गर्ने प्रयासहरु गरिएको बताउनु भयो । उहाँले अर्थतन्त्रका समस्याका कारणहरु सुक्ष्म विवेचना र विश्लेषण गर्दै समाधान गरी नेपाली अर्थतन्त्रलाई अहिलेको अवस्थाबाट गतिशिल बनाएर अगाडि बढाउने संकल्पमा रहेको बताउनु भयो । 
मन्त्री पौडेलले राजश्व संकलन चिन्ताजनक अवस्थामा रहेको बताउँदै समस्या समाधानका लागि सरकारले तयारी गरिरहेको बताउनु भयो । उहाँले  पुँजीगत खर्च नबढेको, निर्माण सामग्रीको अभाव लगायतका समस्या समाधान गर्ने बताउनु भयो । उहाँले उत्पादनमुलुक क्षेत्रको खर्च बढाउने, अनुत्पादक क्षेत्रको खर्च, साधारण खर्च घटाउने र आर्थिक अनुशासन कायम गर्नेतर्फ आफू सरकार लागेको बताउनु भयो । 

उहाँले भन्नुभयो,‘ सरकारको राजश्व परिचालनको सन्दर्भमा जुन चिन्ता जनक अवस्था रहेको छ । यो समस्यालाई हामी कसरी समाधान गर्छौं । करको दायरा बढाउँछौं । राजश्व प्रशासनलाई प्रभावकारी बनाउँछौं । राजश्व परिचालनका देखिएको समस्या समाधान गर्ने प्रयासमा रहेको छु । पुँजीगत खर्चको सन्र्दभमा पनि हामी चिन्ताजनक अवस्थामा रहेका छौं । अर्कोतर्फ निर्माण सामग्रीको सप्लाईमा पनि समस्या देखिएको छ । अहिलको सरकारको सोच उत्पादन क्षेत्रमा खर्च बढाउने र अनउत्पादन क्षेत्रको खर्च घटाउने छ । मन्त्रीपरिषद्को पहिलो बैठकले नै सांकेतिक निर्णय गरेको छ । सरकारले नीजि क्षेत्रलाई मात्रै समस्या थुपारेर नभई निजी क्षेत्रका सल्लाह सुझाव सुनेर जायज सुझाव सम्बोधन गरेर नीजी क्षेत्रको आत्मविश्वास र मनोवल बढाएर मात्रै सरकार अगाडि बढ्नसक्छ ।’

मन्त्री पौडेलले सरकार निजी क्षेत्रको कुरा सुनेर अघि बढ्न तयार रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि सरकार निजी क्षेत्र मिलेर सबै समस्या समाधान गर्ने गरि अर्थतन्त्रलाई सही दिशामा ल्याउने बताउनु भयो । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com