दसैँअघि नै निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी दिने तयारीमा सरकार

दसैँअघि नै निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी दिने तयारीमा सरकार

काठमाडौं । सरकारले दसैँ अगाडि नै निर्माण व्यवसायीको ६ अर्ब रुपैयाँ भुक्तानी दिने भएको छ ।

गत आर्थिक वर्ष २०७९-८० मा स्रोत अभावले दायित्व सिर्जना भई भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरूको ६ अर्ब रुपैयाँ भुक्तानी गर्ने निर्णय भएको अर्थ मन्त्रालयले जनाएको छ ।

निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरेर सम्बन्धित कार्यालयहरूमा परिपत्र गरिसकेको मन्त्रालयले जनाएको छ । उक्त भुक्तानी दसैँअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com