एनसेल भ्रष्टाचार प्रकरण ढाकछोप गर्न सरकार आफैँ लाग्यो: सभापति पोखरेल

एनसेल भ्रष्टाचार प्रकरण ढाकछोप गर्न सरकार आफैँ लाग्यो: सभापति पोखरेल
OMKAR TV

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले सरकार आफै एनसेलको सेयर खरिद विक्री भ्रष्टाचार प्रकरणको ढाकछोप र बचाउ गर्दै जनतामा भ्रम छर्न लागि परेको दाबी गरेका छन ।

साथै उनले संसद्को सार्वजनिक लेखा समितिले एनसेलबारे गरेको निर्णयलाई कमजोर बनाउन, विषयलाई बङ्ग्याउन कार्यक्षेत्र भन्दा बाहिर गएर समितिहरूमार्फत जनतालाई भ्रम फैलाउने काममा सरकार लागि परेको पनि बताएका छन ।

आज (बुधवार) सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति पोखरेलले यस्तो बताएका हुन । उनले लेखेका छन, ‘सरकारी सुण्डमसुण्डहरु सार्वजनिक लेखा समितिले गरेका एनसेल भ्रष्टाचार काण्ड सम्बन्धी निर्णय र सरकारलाई दिएको दबाबलाई कमजोर बनाउन र भ्रष्टाचारलाई छोप्न,आफ्नो कार्यक्षेत्र भन्दा बाहिर विभिन्न संसदीय समितिहरूमार्फत विषय बङ्ग्याउने र जनतालाई भ्रम छर्ने कामको खेद व्यक्त गर्दछु र जनतालाई सचेत हुन अपिल गर्दछु !’

उनले एनसेल प्रकरणमा आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर अन्य समितिहरूमा छलफल गर्ने वा निर्णय गर्ने कार्य संसदीय गरिमा र मर्यादाभन्दा बाहिरको भएको पनि बताएका छन ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com