‘विद्युतीय सवारीका विषयमा सरकारको धारणा स्पष्ट छ’

‘विद्युतीय सवारीका विषयमा सरकारको धारणा स्पष्ट छ’

काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय सवारीका विषयमा सरकारको धारणा स्पष्ट रहेको बताएका छन् ।

कान्तिपुर मिडिया ग्रुपले सोमबार आयोजना गरेको ‘कान्तिपुर ईभी डायलग(२०२३’ अन्तर्गतको दोस्रो सत्र ‘विद्युतीय सवारीको गति बढाउने नीति र पूर्वाधार’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य निर्माणको तयारीमा जुटिरहेको बेला यस्तो बताउँदै उनले विद्युतीय सवारीको उपयोग बढाउने सम्बन्धमा सरकार अलमलमा नरहेको पनि दाबी गरे ।

उनले भने, ‘सरकार अलमलमा छैन । तर, अप्ठेरा छन् । स्रोतको सीमितता छ । यस कारण तत्कालै प्रतिफल प्राप्त गर्न सकिएको छैन । यद्यपि उपलब्ध स्रोत र साधन अधिकतम उपयोग गर्ने काम भइरहेको छ ।’

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com