माघ महिनामा निक्षेपको ब्याजदर घट्ने

माघ महिनामा निक्षेपको ब्याजदर घट्ने

काठमाडौँ । वाणिज्य बैंकहरुले माघ महिनामा निक्षेपको ब्याजदर घटाउने भएका छन्। पछिल्लो चार महिनायता निक्षेपको ब्याजदर स्थिर राखेका बैंकहरुले माघमा निक्षेपको ब्याजदर घटाउने निर्णय गरेका हुन् ।

बैंकर्स संघको बैठकले नै माघदेखि वाणिज्य बैंकहरुले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रकाशित गर्ने पनि निर्णय गरेको छ। त्यस्तै, एक वर्षे संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९ प्रतिशत कायम हुनेछ भने साधारण बचतमा ६ प्रतिशत ब्याज दिनुपर्नेछ ।

पुसमा बैंकहरूले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२.१३३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.१३३ प्रतिशत र साधारण बचतमा ७.१३३ प्रतिशत ब्याज दिइरहेका छन्।

वित्तीय प्रणालीमा तरलताको अवस्थामा सुधार भएपछि ब्याजदर घटाउने निर्णय भएको बैंकर्स संघले जनाएको छ । वाणिज्य बैंकहरूले पुसका लागि निक्षेपको ब्याजदर घटाएपछि विकास बैंक र वित्तीय कम्पनीले पनि घटाउने सम्भावना छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com