नेप्से सूचक २६.५७ अंकले घटेर २०६४.८३ विन्दुमा

नेप्से सूचक २६.५७ अंकले घटेर २०६४.८३ विन्दुमा
Published on
Updated on

काठमाडौ । पछिल्लो समय निरान्तर बढेको सेयर बजारमा मंगलबार दोहोरो अंकको करेक्सन देखिएको छ । मंगलबार नेप्से सूचक २६.५७ अंकले घटेर २०६४.८३ विन्दुमा आएको छ । यसदिन ४ अर्ब ११ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।  यसअघि लगातार ९ दिनसम्म बढेको सेयर बजारमा सोमबार पनि सामान्य करेक्सन देखिएको थियो । 

निरन्तर बढेको बजारबाट ट्रेडरले नाफा बुक गर्न थालेपछि नेप्सेमा सामान्य दबाब परेको हो । लगातार बढिरहेको बजारमा करेक्सन आउनुलाई स्वाभाविक नै मानिने गरेको छ । बजारमा ट्रेडर र इन्भेष्टर दुवैकोे उपस्थिति हुने गर्दछ । नाफा बुक गर्न चाहने ट्रेडरहरु हाबी हुँदा बिक्री चाप पर्दछ र बजारमा केही दबाबमा पर्ने गर्छ । तसर्थ, बजार एकोहोरो बढिरहने वा घटिरहने मात्र गर्दैन । 

ब्याजदर सहज भएमा ऋण लिएर लगानी गर्नेहरु पनि बढ्नसक्ने भएकाले सेयर बजार थप चलायमान हुने अनुमान गर्न सकिन्छ । यद्दपि, आम लगानीकर्ताले आफ्नो जोखिम बहन गर्नसक्ने क्षमता, बजार सम्बन्धी ज्ञानलाई मध्यनजर गरी लगानी गर्नुपर्ने हुन्छ । मंगलबार २६८ कम्पनीको १ करोड ७ लाख ९२ हजार कित्ता भन्ना बढी सेयर खरिदबिक्री भएको छ । २० करोड ५७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा छ भने सिटी होलटको सेयर भाउ १०% ले बढेको छ । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com