नेप्से सूचक ५.८९ विन्दुले घटेर २००४.४५ अंकमा

नेप्से सूचक ५.८९ विन्दुले घटेर २००४.४५ अंकमा

काठमाडौ । सेयर बजारमा सोमबार पनि करेक्सन जारी रहेको छ । यस दिन नेप्से सूचक ५.८९ विन्दुले घटेर २००४.४५ अंकमा आएर अडिएको छ । बजार घटेर पुनः २ हजारको मनोवैज्ञानिक विन्दु नजिक आएको हो । अब मंगलबार नेप्से यो मनोवैज्ञानिक विन्दुबाट माथि जान्छ वा तल झर्छ भन्ने लगानीकर्तामा पुनः चासो बढेको छ । 

यस दिन आधा दर्जन कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । हाइड्रोपावर र म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । हाइड्रोपावर समूहमा बढी चमक देखिएको छ । 

यसअघि आइतबार पनि बजार घटेको थियो । गत साता बजार लगातार ३ दिन बढेको थियो । विशेषगरी साताको अन्तिम दिन बिहीबार बजारमा बेस्सरी वृद्धि देखिएको थियो । करिब ६५ अंकको वृद्धिपछि आइतबारदेखि बजार घट्न थालेको हो । यही क्रमले सोमबार पनि निरन्तरता पाएको देखिन्छ । 

यस दिन २८४ कम्पनीको ६५ लाख १६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ६८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सन नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः रिलायबल नेपाल लाइफ इन्सुरेन्स र एनआइसी एसिया बैंक परेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com