सुनको मूल्य बढ्नेक्रम फेरि सुरु, आज कति पुग्यो ?

सुनको मूल्य बढ्नेक्रम फेरि सुरु, आज कति पुग्यो ?

काठमाडौं । सुनको भाउ आज मंगलबार फेरि बढेको छ । तोलामा आज एक हजार रुपैयाँले बढेर सुनको भाउ ९८ हजार २ सय रुपैयाँमा पुगेको छ ।

हिजो सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ थियो । केही दिन लगातार बढेको सुनको भाउ हिजो भने तोलामा एक सय रुपैयाँले घटेको थियो । तर आज फेरि १ हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा पुगेको हो।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com