सेयर बजार १९.०६ अंकले घट्याे

सेयर बजार १९.०६ अंकले घट्याे

काठमाडौ । सेयर बजार ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । सूचकसँगै कारोबार रकम पनि सुस्त बनिरहेको छ । यस दिन नेप्से सूचक १९.०६ विन्दुले घटेर १८८९.५९ अंकमा आएको छ । सबै समूहका सूचक घट्दा १ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

बजार निरन्तरजसो घट्दै पुनः १८ सयकै लाइनमा झरेको छ । मंगलबार नेप्सेले १९ सयभन्दा माथिको मनोवैज्ञानिक विन्दुलाई पनि छाडेर तल आएको हो ।  नेप्से निरन्तर ओरालो लागेपछि सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान थप कमजोर देखिएको छ । बजार घट्नेक्रम नरोकिएपछि सेयर खरिद गर्ने योजनामा रहेकाहरु पनि अब ‘पर्ख र हेर’को रहेका छन् ।  

यद्यपि, विगतमा कसिएका नीतिहरु विस्तारै खुकुलो बनाउँदै जानेक्रम सुरु भएको छ । सेयर धितो कर्जामा १२ करोडको सीमा लगाइएपछि पनि नेप्से २२ सय माथि पुगिसकेको हो । तर अहिले त अझ सीमा बढाएर २० करोडसम्म पुर्याइएको छ । यो भनेको सुधारको क्रम नै हो । 

यस दिन २८२ कम्पनीको ४२ लाख ८७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २० करोड ३७ लाख रुपैयाँसहित कारोबार रकममा सानिमा जीआइसी इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रोमा नबिल बैंक र तेस्रोमा एनआइसी एसिया बैंक परेका छन् । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com