सेयर बजार २४.६८ अंकले ओरालो

सेयर बजार २४.६८ अंकले ओरालो

काठमाडौ । साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजार ओरालो लागेको छ । सोमबार सेयर बजारमा २४.६८ अंकले घटेर १९५२.६६ विन्दुमा आएर रोकिएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ अंकले घटेर ३६८.४९ मा पुगेको छ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको एनआइसि एसिया शीर्ष स्थानमा छ। यसको ६ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सिवम सिमेन्टको ५ करोड ६८ लाखभन्दा बढीको कारोबार भएको छ। सोमबार सबै उपसुचकहरुको कारोबार रकम घटेको छ। 

आजको कारोबारमा सुभम पावरको करिब १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन् भने युनिक नेपाल लघुवित्तको ४.०३ प्रतिशत र ग्रिन भेन्चर्सको ३.८६ प्रतिशतले वृद्धि भएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com