शेयर बजार ३० अङ्कले घट्यो

शेयर बजार ३० अङ्कले घट्यो

काठमाडौँ । शेयर बजार घटेको छ । आज शेयर बजार परिसूचक नेप्से ३० दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ३० दशमलव १० विन्दुमा झरेको हो ।

सबै समूहको शेयर घटेकोमा होटेल, निर्जीवन बीमा र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर १० प्रतिशतले र सिटिजन्स लाइफ इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज चिरख्वा हाइड्रो, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरिङ हाउस लिमिटेडको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज एक करोड ११ लाख कित्ता शेयर चार अर्ब चार करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com