सेयर बजार ३.६५ अंकले घट्यो

सेयर बजार ३.६५ अंकले घट्यो

काठमाडौं । साताको दोस्रो  कारोबार दिन नेप्से परिसुचकमा ०.१८ प्रतिशतले ओरालो लागेको  छ । सोमबार  ३.६५ अंकले ओरालो लागि २०२३.५४ बिन्दुमा आएर रोकिएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.२२ प्रतिशतले घटेको छ । 

आज  ५१ लाख २०  हजार ८८८ कित्ता  सेयर किनबेच हुँदा १ अरब ८९ करोड १७  बढीको कारोबार भएको छ । यस्तै १५९ कम्पनीहरुको कारोबार हुँदा ७१ कम्पनीमा वृद्धि भएको छ । १३५ कम्पनीमा ओरालो लागेको र ११ कम्पनी स्थीर रहेको  नेप्सेले जनाएको छ । 

त्यस्तै, स्वाभिमान लघुवित्त बित्तीय संस्था र समलिङ् पावर कम्पनी को ९  प्रतिशतले वृद्धि भएको छ । यता,  हिमालय डिस्टिलरीको ६ करोड बढीको कारोबार भएको छ भने एन आइसी एसिया बैंकको ५ करोड भन्दाबढीको कारोबार भएको नेप्सेले जनाएको छ । सोमबार   १३ उप सुचकहरुमा ५ कम्पनीमा उकालो लागेको र अरु सबै उप सुचकहरुमा ओरालो लागेको जनाएको छ ।  

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com