दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । चालु साताको अन्तिम कारोबार दिन बिहीबार दोहोरो अंकले सेयर बजार ओरालो लागेको छ । 

तीन दिन उकालो लागेको सेयर बजारको बिहीबार नेप्से परिसूचक ११.८५ अंक घटेर १८५२.०८ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स १.३६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अंक घटेको छ।

२८२ स्टकको २७ हजार ८४५ पटकको कारोबारमा ८३ करोड ६० लाख ५ हजार रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता  सेयर किनबेच भएकोछ । १९९ स्टकको मूल्य घटेको छ भने ७२ स्टकको मूल्य बढेको छ। बाँकी ११ स्टकको मूल्य भने स्थिरे छ। 

Related Stories

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com