सेयर बजार आज २५ अंक बढीले वृद्धी

सेयर बजार आज २५ अंक बढीले वृद्धी
Yiorgos Ntrahas

काठमाडौं । सेयर बजार परिसुचक आज विहिबिार नेप्से २५ अंक बढीले वृद्धी भएको छ ।

साताको अन्तिम कारोबार दिन आज नेप्से सूचक २५।५७ अंकले बढ्दै १९३६।८३ अंकमा उक्लिएको छ ।नेप्से सूचक वृद्धि भएसँगै आज कारोबारमा समेत वृद्धि भएको छ ।

२५ अंकले बढेको यस दिन १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको ४३ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको छ ।

आज १३ वटै उपसूचक धनात्मक हुँदै सेयर बजार नै हरियाली बनेको छ ।

सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३।१४ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको २।३९ प्रतिशतले, ट्रेडिङ २।२५ प्रतिशत, म्यानु एण्ड प्रो २।०६ प्रतिशतले वृद्धि भएका छन् ।

यस्तै, डेभलपमेन्ट समूहको उपसूचक १।९१ प्रतिशतले, म्युचुअल फन्ड १।६७ प्रतिशतले, निर्जीवन बीमा समूह १।३५ प्रतिशतले इन्भेष्टमेन्ट समूह १।२१ प्रतिशत बढेको छ ।

आज सिकलेस हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com