शेयर बजार आज १७ अंक धेरैले बढ्यो

शेयर बजार आज १७ अंक धेरैले बढ्यो

काठमाडौं । हप्ताको पहिलो दिन आज आइतबार शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १७ दशमलव २६ अङ्कले बढेर दुई हजार ४६ दशमलव २९ विन्दुमा पुगेको छ ।

आज विकास बैंक र फाइनान्सबाहेक अरू समूहको शेयर बढेकोमा बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज दुई सय ६१ वटा कम्पनीका एक करोड आठ लाख ८० हजार कित्ता शेयर चार अर्ब चार करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको २२ करोड ५६ लाख र नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ८७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

नेप्से बढेको दिन सृजनशील लघुवित्त, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, अजोड इन्सुरेन्स र प्रभु लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमन्ट लिमिटेड र मिथिला लघुवित्तको शेयर भने साढे तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com