शेयर बजार आज ३ अङ्कले बढ्यो

शेयर बजार आज ३ अङ्कले बढ्यो

काठमाडौं । शेयर बजार आज मङ्गलवार सामान्य बढेको छ । हिजो सोमवार साढे १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९९ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव ३५ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, फाइनान्स, जलविद्युत् र विकास बैंक समूहको शेयर बढेको छ भने होटल, उत्पादन, बैंक र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ ।

नेप्से सामान्य बढेको दिन दुई सय ३४ वटा कम्पनीको २५ लाख ८९ हजार कित्ता शेयर ९५ करोड ७० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज धौलागिरि लघुवित्त कम्पनीको शेयर छ प्रतिशत र एनसीसी बैंकको शेयर पाँच प्रतिशतले बढेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com