सेयर बजार ४७.७५ अंकले बढ्यो

सेयर बजार ४७.७५ अंकले बढ्यो

काठमाडौं । चालु साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आइतबार ४७.७५ अंकले बढेको सेयर बजार १९०७.९५ विन्दुमा आएर बन्द भएको छ । 

पछिल्लो समययता उत्तारचढाप आइरहेको सेयर बजारमा आइतबार कारोबार रकमले पनि कारोबारीलाई उत्साहित बनाएको छ । यसदिन २९४ कम्पनीको ६६ हजार ५१६ पटक कारोबार हुँदा ६५ लाख ३० हजार ६४३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १ करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँको कारोबार भएको छ । 

यसदिन २१४ वटा कम्पनीको सेयरमूल्य बढ्दा २३वटाको ओरालो लागेको छ भने ३वटाको स्थिर छ । 

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com