शेयर बजार आज दोहोरो अङ्कले बढ्यो

 शेयर बजार आज दोहोरो अङ्कले बढ्यो

काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से १० दशमलव ३७ अङ्कले बढेर दुई हजार १८३ दशमलव ६२ अङ्कमा पुगेको छ ।

आज बैंक, फाइनान्स र अन्य समूह बाहेक सबै समूहको शेयर बढ्दा बीमा र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

दुई सय ६१ वटा कम्पनीका ९५ लाख कित्ता शेयर तीन अर्ब ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धरै नेशनल हाइड्रोपावरको १० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

आज ग्रिनलाइफ हाइड्रोपावर कम्पनी, आदर्श लघुवित्त, सानिमा जिआइसी इन्स्युरेन्स र सूर्यज्योली लाइफ इन्स्युरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढे पनि आरुबीबी म्यूचुअल फण्डको शेयर पाँच प्रतिशत भन्दा धेरै र जानकी फाइनान्स तथा पिपुल्स हाइड्रोको शेयर तीन प्रतिशत भन्दा धेरैले घटेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com