सेयर बजार आज खुम्चियो, कारोबार रकम कति ?

सेयर बजार आज खुम्चियो, कारोबार रकम कति ?

काठमाडौं । आज मंगलबार सेयर कारोबार रकम आधा घटेको छ। हिजो सोमबार २ अर्ब १० करोड रुपैयाँको कारोबार भएकोमा आज १ अर्ब ५ करोडमा खुम्चिएको छ।

नेप्से परिसूचक पनि २.५ अंक घटेर १९५६ मा कायम भएको छ। ५८ कम्पनीको मूल्य बढ्दा ११४ को घट्यो भने १२ को स्थिर रह्यो।

बैंकिङ ३, विकास बैंक ७, होटल ३, जलविद्युत् १२, उत्पादन ३६, माइक्रोफाइनान्स २७ अंक घटे। निर्जीवन बीमा २३, अन्य १४, फाइनान्स ४ र जीवन बीमा उपसमूह ९३ अंक बढे।

लाइफ इन्स्योरेन्स कर्पोरेसन र गुराँस लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो। कालिका लघुवित्तको ५।७ प्रतिशत घट्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सिटिजन्स बैंक, जल्पा लघुवित्त, रिडी पावर र पुनर्बीमा कम्पनी अग्रस्थानमा रहे।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com