चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेकटस’ प्रतिवेदनका अनुसार नेपालमा सन् २०२३ मा आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । त्यस्तै, सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

आर्थिक मन्दीले विकासोन्मुख देशहरूलाई कडा प्रहार गर्ने देखिएको विश्व बैंकले बताएको छ । विश्वव्यापी आर्थिक वृद्धि ६ महिनाअघि अपेक्षा गरिएको ३ प्रतिशतबाट घटेर अहिले १.७ प्रतिशत मात्र हुनसक्ने देखिएको जनाएको छ ।

उच्च मुद्रास्फीति, उच्च ब्याजदर, कम लगानी र युक्रेनमा रुसको आक्रमणका कारण उत्पन्न भएको अवरोधका कारण विश्वव्यापी वृद्धि तीव्र रुपमा सुस्त बन्दै गएको छ ।

विश्व बैंकले दक्षिण एसियाली देशहरूमा आर्थिक वृद्धि धिमा हुने पनि प्रक्षेपण गरेको छ । २०२३ मा ५.५ प्रतिशतले आर्थिक वृद्धि हुने र २०२४ मा यो ५.८ प्रतिशतसम्म पुग्ने प्रक्षेपण विश्व बैंकको छ ।

Related Stories

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com