विश्वकै लामो दाबी गरिएको बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुलको नाम राखियो ‘गोल्डेन बृज’

विश्वकै लामो दाबी गरिएको बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुलको नाम राखियो ‘गोल्डेन बृज’

बागलुङ, २३ भदौ

विश्वकै लामो दावी गरिएको बागलुङ-पर्वत जोड्ने झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन वृज’ नामाकरण गरिएको छ ।

बागलुङ नगर कार्यापालिकाको बैठकले सार्वजनिक अपिलमार्फत प्राप्त उत्कृष्ट दशमध्ये गण्डकी गोल्डेन वृज’ नाम छनोट गरेको हो ।

नगरपालिकामा प्राप्त नाममध्ये बागलुङ नगरपालिका–५ मालिका निवासी घनश्याम सापकोटाले तयार गरेको ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गर्ने निर्णय भएको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । मंगलबार सम्पन्न कार्यपालिका बैठकले उक्त नाम राख्ने निर्णय गरेको थियो ।

पहिलो चरणमा नगरपालिकाले उत्कृष्ट दश नाम छनोट गरेको थियो । पुलको नाम तयार गर्ने व्यक्तिलाई नगरपालिकाले २५ हजार रुपैयाँ नगद राशी उपलब्ध गराउने घोषण गरेको थियो ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदीमाथि हालै निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ । पुलले एकसाथ ६१२ अर्थात ८५ मेट्रिकटन लोड धान्न सक्छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com