तालिम पाएपछि तेह्रथुमका तीन सय युवा स्वरोजगार बन्दै

तालिम पाएपछि तेह्रथुमका तीन सय युवा स्वरोजगार बन्दै

हातमा सीप नहुँदा गाउँमा सामान्य रोजगारबाहेक अरु कुनै विकल्प नभएपछि वैदेशिक रोजगारमा जाने नेपाली युवाहरूको बाध्यता नै हो । तेह्रथुममा पनि यस्तै देखिँदै आएको छ । आफूसँग कुनै सीप नभएकै कारण भौतारिरहेका युवाहरूलाई विभिन्न संस्थाहरूले सीपमुखी तालिम दिएपछि रोजगार बन्न थालेका छन् ।

खाली समय क्यारामबोर्ड, लुडो खेलेर समय बिताउँदै आएका युवाहरू यतिबेला कुनै न कुनै काममा व्यस्त देखिन थालेका छन् । आर्थिक रूपले कमजोर विपन्न महिला तथा पुरुषहरूलाई सीप विकास तालिम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) र हेल्भेटासले सञ्चालन गरेको तालिममा करिब तीन सय युवा दक्ष बनेका छन् ।

गरिबीको कारण बढ्दै बेरोजगार युवाहरूलाई उपयुक्त सीपयुक्त बनाई आत्मनिर्भर र स्वरोजगारको सिर्जना गरी निरपेक्ष गरिबीको रेखामुनि रहेकाको जीवनस्तर उठाउने अभिप्रायले तेह्रथुमको विभिन्न पालिकामा सञ्चालन गरिएको तालिमबाट करिब तीन सय युवाले सीप सिकेका हुन् । सीप सिकेपछि यतिबेला उनीहरू आ–आफ्नो सीपलाई व्यवहारमा लागू गर्न थालेका छन् ।

गाउँमा कुनै रोजगारीको अवसर सिर्जना गरी समतामूलक तथा समावेशी आर्थिक गरिबी न्यूनीकरण विकास गर्ने लक्ष्यका साथ बिभिन्न तालिम प्रदायक कम्पनीले तेह्रथुमका युवालाई सीपमुलक तालिम प्रदान गरेका हुन् । तालिम पाएपछि बनेपछि आफूसँगै युवाहरूलाई पनि रोजगार बनाउने अम्बिका विश्वकर्माको भनाइ छ । नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबीच सन् २०१५ डिसेम्बरमा सम्झौता भई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) कार्यान्वयनमा आएसँगै युवाहरूले सीपमूलक तालिम लिन पाएका हुन ।

युवाहरूले मेसन, कार्पेन्टर, ब्युटिसियन, सिलाई कटाई, कुक, वेटर, पलम्बिङलगायतका सिप सिकाएको प्रशिक्षक दिपेन प्रधानले बताए । लघु,घरेलु तथा साना उद्यम प्रवद्र्धन गर्ने तथा ग्रामीण गरिब घरपरिवारका लागि दिगो आयआर्जनको स्रोत तयार गर्न यो तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएको छ । तालिम पाएका युवाहरू कृषि तथा गैरकृषि क्षेत्रमा ग्रामीणस्तरका आयआर्जनमा सहयोग पुग्ने हेल्भेटास नेपाल प्रदेश नम्बर १ का संयोजक सुकबहादुर चौधरीको भनाइ छ ।

Related Stories

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com