भौतिक मन्त्रालयका ६० इन्जिनियरको सरुवा

भौतिक मन्त्रालयका ६० इन्जिनियरको सरुवा
Gorkhapatra Online

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहसचिव तहका १० कर्मचारीसँगै थप ६० जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले सिभिल समूह र हाइ वे उपसमूहका १० जना उपमहानिर्देशक (सुई)को सरुवा गरेको छ ।

सरुवाको सूची अनुसार, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराबाट ललिजन खनाललाई सडक विभागको पुल महाशाखामा तानिएका छन्, उपमहानिर्देशकमा रुपमा । ललिजनको ठाउँमा हुलाकी राजमार्ग आयोजनाका शुभराज न्यौपानेलाई पठाइएको छ ।

यस्तै मन्त्रालयले सडक विभागको पुल महाशखामा कार्यरत उपमहानिर्देशक नरेशमान शाक्यलाई सडक विभाग अन्तरगतकै गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा पठाइएको छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक अजयकुमार मुललाई हुलाकी राजमार्ग आयोजना निर्देशनालयको जिम्मेवारी पाएका छन ।

यस्तै संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरीका प्रमुख प्रेमप्रकाश खत्रीलाई सडक विभाग अन्तरगतको उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको प्रमुखको जिम्मेवारी पाउँदा बलत्कारको आरोपमा कैद सजाय भुक्तान गरिरहेका पुष्पलाल मध्यपाहडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख हरिकुमार पोखरेललाई सडक विभागको पुलतर्फ काज फिर्ता गरिएको छ । जलमार्ग आयोजनाका सुई कुवेर नेपालीलाई पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजना निर्देशनालयमा खटाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्री स्तरीय निर्णय गर्दै नेपाल इन्जिनियरिङ सेवाका सहसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारीको सरुवा गरेका हुन ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com