हिमालयन रिइन्स्याेरेन्सको पहिलो कारोबार कतिमा खुल्यो ?

हिमालयन रिइन्स्याेरेन्सको पहिलो कारोबार कतिमा खुल्यो ?

काठमाडौ । हिमालयन रिइन्स्याेरेन्स लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ । नेप्सेमा ‘एचआरएल’ संकेतमा यसको नियमित सेयर कारोबार हुनेछ ।

सोमबार प्रि-ओपन सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको हो । नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो ।

उक्त रेन्जको अधिकतम विन्दुबाट कम्पनीको सेयर कारोबार खुला भएको हो । हिमालयनको चुक्ता पुँजीका आधारमा कायम १० करोड कित्ता सेयर आइतबार सूचीकरण भएको हो । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com