हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ?

हिमालयन एभरेष्ट इन्स्योरेन्सको कहिले बस्दै छ एजीएम ?

काठमाडौ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले  लाभांश पारित गर्ने भएको छ ।उक्त लाभांश वितरण गर्न माघ २५ गते वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा गत वर्षको नाफाबाट बोनस सेयर ८.६३ प्रतिशत र कर प्रयोजनसहित ६.३७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने कम्पनीले  जनाएको छ ।

साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेकोछ । 

सभा बानेश्वर ब्यांकेट थापागाँउ काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ १४ गते आइतबार बुक क्लोज गर्ने भएको छ । माघ ११ गतेसम्म सेयर किन्ने लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउँनेछन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com