एनआरएनए बेल्जियमको निर्वाचनमा १७ लाखको आर्थिक घोटाला

एनआरएनए बेल्जियमको निर्वाचनमा १७ लाखको आर्थिक घोटाला

काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको गत जुलाई महिनामा सम्पन्न ९ औं महाधिवेसनको निर्वाचनमा ठूलो आर्थिक घोटला भएको भेटिएको छ ।

गैरआवासीय नेपाली संघ बेल्जियमले सार्वजनिक गरेको आर्थिक विवरणमा प्रिन्टिङ, ब्यानर मतपत्र र सबै शिर्षकमा ४ हजार ४ सय ४२ युरो (करिब ७ लाख रुपैयाँ) खर्च देखाइएको छ । संघको लुभेन क्षेत्रमा छुट्टै शिर्षकमा ४ हजार ६ सय २० (करिब ७ लाख) खर्च विवरण सार्वजनिक गरिएको छ ।

संघको एक निवर्तमान पदाधिकारीका अनुसार सबै शिर्षक अन्तरर्गत निर्वाचन प्रमुख आयुक्त तथा सदस्यहरुले मःम र वियरमा सो रकम खर्च गरेका थिए । गैरआवासीय नेपाली संघ बेल्जियमको सो निर्वाचनको प्रमुखआयुक्तको रुपमा संस्थाका पूर्वअध्यक्ष गंगाधार गौतम, सहआयुक्त प्रेम गुरुङ र सदस्यसचिव विनोद न्यौपाने रहेका थिए ।

एनआरएनए बेल्जियमको ८ औं महाधिवेसनमा लुभेन क्षेत्रमा निर्वाचन गराएका तत्कालिन निर्वाचन अधिकृत बासु खड्काले सो निर्वाचनको ७ वटै क्षेत्रमा जम्मा ३ हजार युरो पनि मात्र खर्च नभएको जनाए । गौतमको टोलीले लुभेन क्षेत्रमा मात्र चुनावी खर्च भन्दै ४ हजार ६ सय २० को कपाली विवरण पेश गरे पछि बेल्जियमस्थित नेपाली समुदाय आश्र्चय चकित परेको छ ।

प्रमुखआयुक्त गौतम रहेको सो क्षेत्रको तुलनामा अन्य क्षेत्रमा निकै कम खर्च देखिएको छ । एत्रोपेनमा २ सय २२ युरो, ब्रुजमा ९ सय युरो, ब्रशेल्समा ७ सय यूरो, ओस्टण्डेमा ३१० युरो, गेण्टमा ६ सय ६ युरो खर्च सार्वजनिक भएको छ । लुभेन पछिको सबैभन्दा ठूलो क्षेत्र एत्रोपेनमा भन्दा गौतम रहेको लुभेन क्षेत्रमा २३ गुणा बढी खर्चको दावी गरेका छन् ।

बेल्जियमस्थित बोधराज पौडेलले आर्थिक विवरण हेरेर मात्र विश्वास गर्न नसकिने भन्दै सबै बिलभरपाई सार्वजनिक गर्न माग गरेका छन् । कुमार गुरुङ खर्च देखेर छक्क पर्दै भगवनाको नाम पुकारेका छन् ।

पत्रकार सनत आचार्यले एनआरएनए बेल्जियमको गत जुलाईमा सम्पन्न निर्वाचनमा भएको आयव्ययलाई सार्वजनिक गर्दै प्रश्न उठाउदै खर्च विवरणको विलभरपाईको विवरण उपलब्ध गराइदिन आग्रह गरेका छन् ।

गैरआवासीय नेपाली संघ बेल्जियमका एक निवर्तमान पदाधिकारीका अनुसार सो आर्थिक विवरण सार्वजनिक भए लगत्तै एक युवाहरुको समूहले आर्थिक हिनामिना भएको भन्दै आवाज उठाएका थिए तर तत्कालिन कार्यसमिति र निर्वाचन समितिले बेवास्था गरेको थिए ।

६ निर्वाचन क्षेत्रमा मतदान हुदाँ १२ हजार ९३ युरो (करिब १८ लाख रुपैयाँ) को कपाली विलभरपाई प्रस्तुत गरेर आर्थिक हिनामिना गरेको देखिएको छ ।

बेल्जियमस्थित गैरआवासीय नेपालीहरुले सो आर्थिक हिनामिनाको स्वतन्त्र छानविनको लागि माग गरेका छन् । सो निर्वाचनमा अध्यक्षको लागि सीता सापकोटा र तिर्थराज धमलाबीच प्रतिश्पर्धा भएको थियो भने अन्य पद निर्विरोध भएका थिए । निर्वाचनमा सिता सापकोटा १११२ मत प्राप्त गरेर विजयी भएकी थिइन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com