बर्लिन पर्यटन मेलामा २४ नेपाली कम्पनी सहभागी

बर्लिन पर्यटन मेलामा २४ नेपाली कम्पनी सहभागी

लण्डन् । विश्वको अग्रणी ट्राभल फेस्टिवल बर्लिन मेस्सेमा (प्रदर्शनी केन्द्र) आजदेखि सुरु भएको छ ।

पर्यटन व्यवसायमा संलग्न सबै क्षेत्रका मानिसहरु होटल व्यवसायी, टुर अपरेटर, ट्राभल एजेन्सीहरू, यातायात कम्पनी लगायत बुकिंग पोर्टल समेतको एकै ठॉऊमा जम्काभेट हुने भएकोले संसारभरिबाट यो मेलामा मानिसहरु ओइरो लाग्ने गर्छन ।

यसपटक यो मेलामा विश्वका १८० देशबाट ११ हजार कम्पनीहरुको सहभागिता छ । तीन दिनसम्म चल्ने यो ट्राभल फ़ेस्टिवलमा १ लाख ८० हज़ार मानिसले भ्रमण गर्ने अनुमान छ ।

नेपाल टूरिजम बोर्डको सकृयतामा २४ नेपाली कम्पनीहरुको यो मेलामा सहभागिता रहेको छ । मेलामा सोल्टी होटेल ग्रुपको छुट्टै बुथ रहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com