लमजुङ सेवा समिति हङकङद्वारा सामाजिक सेवामा ६५ लाख वढी खर्च

लमजुङ सेवा समिति हङकङद्वारा सामाजिक सेवामा ६५ लाख वढी खर्च

लमजुङ । लमजुङ सेवा समिति हङकङले समाजिक सेवामा ६५ लाख बढी खर्च गरेको छ ।

रोजगारीको सिलसिलमा हङकङमा बस्दै आएका लमजुङहरुको सस्थां लमजुङ सेवा समिति हङकङले स्थापना कालदेखि हालसम्म अर्थात ९ वर्षको अवधिमा जिल्लामा विभिन्न सामाजिक कार्य तथा सेवामा ६५ लाख ५० हजार ७ सय ६९ रुपैया खर्च गरेको हो । 

हङकङमा रहेको लमजुङे संगठित भई १९९८ मा स्थापना भएको सेवा समितिले गृह जिल्लामा तमू संग्रहालय भवन निमार्ण देखि, खेलकुद, शिक्षा, स्वास्थ्य, विपद लगायतको क्षेत्रमा सहयोग गरेका छन्  । 

लमजुङ सेवा समिति हङकङले समितिमार्फत र जिल्लामा स्थापना गरेको सम्पर्क समितिमार्फ सहयोग गर्दै आएको छ । समितिमार्फत सिधै ४० लाख ५ हजार रुपैयाँ र समितिले स्थापना गरेको अक्षयकोषबाट सम्पर्क समितीमार्फत २५ लाख ४५ हजार ७ सय ६९ रुपैयाँ समाजिक कार्यमा खर्च गरेको लमजुङ सेवा समिति हङकङका अध्यक्ष श्यामकुमार गुरुङले वताए।

समितिले लमजुङको  बेंसीसहरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया गरी पछिल्लो ९ वर्षमा गरेको कामबारे जानकारी गराएको छ । 

समितिले २०७० मा १५ लाख बाट सुरु गरको अक्षयकोषमा हाल ४४ लाख पुगेको जनाएको छ । अक्षयकोषबाट प्राप्त व्याज सामाजिक सेवामा खर्च गर्दै आएको समितिले हालसम्म १ सय ८ जनालाई आर्थिक सहयोग मात्र १३ लाख ४२ हजार ५ सय रुपैया प्रदान गरेको छ । जसमध्ये उपचारको लागि ८२ जना, आगलागि पिडित २ जना, १३ जनालाई छात्रवृत्तिमा सहयोग गरेको हो । 

 २०७३ भदौ १७ गते खुदी स्रोत केन्द्र अन्तर्गत विद्यालयका प्रधानाध्यापक र व्यवथापन समितिका अध्यक्षलाई २ दिने प्रशंसात्मक खोज सम्बन्धी तालिम आयोजना गर्दा १ लाख १६ हजार ९ सय ९५ रुपैयाँ खर्च भएको छ । त्यस्तै सम्पर्क समितिले  बिभिन्न समयमा विभिन्न स्थानामा १८ वटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा  ५ लाख ८८ हजार ६८ रुपैयाँ सहयोग गरेको समितिले जनाएको छ । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com