पोर्तुगलमा छुरा प्रहारबाट एक नेपालीको हत्या

पोर्तुगलमा छुरा प्रहारबाट एक नेपालीको हत्या
Published on
Updated on

लण्डन । पोर्तुगलमा छुरा प्रहारबाट एक जना नेपालीको हत्या भएको छ । गैरआवासीय नेपाली संघ पोर्तुगलका अनुसार पर्वत जिल्ला घर भई विगत ८ महिना देखि पोर्तुगल बस्दै आएका धन बहादुर क्षेत्रीको हत्या भएको हो ।

उनी वैदेशिक रोजगारिको लागि त्यहाँ पुगेका थिए । उनीमाथि गतसाता आफ्नै साथीले छुरा हानेको बताइएको थियो । छुरा प्रहारबाट घाइते क्षेत्रीको विहिवार विहान स्थानीय अस्पतालमा निधन भएको संघले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com