यूएईमा सवारी दुर्घटनामा परेर बैतडीका एक जनाको मृत्यु

यूएईमा सवारी दुर्घटनामा परेर बैतडीका एक जनाको मृत्यु

संयुक्त अरब इमिरेट्स (यूएई) मा सवारी दुर्घटनामा परेर बैतडीका एक युवकको मृत्यु भएको छ। रोजगारीको शिलशिलामा एक महिनाअघि संयुक्त अरब इमिरेट्स पुगेका जगदीश महराको मृत्यु भएको हो। पुर्चौडी नगरपालिका–१० बिजयपुर महरा गाउँका २३ वर्षीय महराको गाडीको ठक्करबाट मृत्यु भएको आफन्तले बताएका छन्।

आइतबार उनलाई गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट गम्भीर घाइते महराको उपचारको क्रममा मृत्यु भएको स्थानीय भानबहादुर महराले बताए।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com