आजवाट एनआरएन महाधिवेसन, डा. बद्री केसी र महेश श्रेष्ठबिच मुख्य प्रतिस्पर्धा

आजवाट एनआरएन महाधिवेसन, डा. बद्री केसी र महेश श्रेष्ठबिच मुख्य प्रतिस्पर्धा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १९औँ महाधिवेशन आजबाट सुरु हुँदैछ। होटल सोल्टी, ताहाचलमा आज दिउँसो साढे २ बजे सो महाधिवेसनको उदघाटन हुदैँछ । प्रत्येक दुई वर्षमा महाधिवेशन हुने गरेको छ ।

यस महाधिवेसनले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । अघिल्लो महाधिवेशनमा ६-६ महिना भाग लगाएर नेतृत्व सम्हालेका तीनमध्ये दुई अध्यक्षहरु बद्री केसी र रविना थापा यसपटक पनि प्रत्यासी छन्।

अध्यक्षका प्रत्यासी बद्री केसी र महेश श्रेष्ठ बिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उता, राजेन्द्रकुमार शर्माले पनि अध्यक्षमा दावी गरेका छन् । एनआरएनएको यस महाधिवेसनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ  ।

एनआरएनएले ८७ वटै शाखाको अधिवेशन सकिसकेको छ भने ४ हजार २ सय २७ प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिसकेको छ।  एनआरएनएमा ९६ हजार संगठित सदस्य रहेको दाबी गरेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com