साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न

साहित्यकार गीता खत्रीलाई अनेसास डायस्पोरा नारीरत्न

बोस्टन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार गीता खत्रीलाई 'अनेसास डायस्पोरा नारीरत्न २०२३' पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । अनेसास बोर्ड अफट्रष्टिका निवर्तमान सभापति खत्रीले साहित्यक सिर्जनाका साथै अनेसासको नेतृत्व गरेर डायस्पोरामा साहित्यको संस्थागत गरिमा बढाउने कार्य गरेका कारण पुरस्कृत गर्न लागिएको हो ।

कथा, नियात्रा, कविता, गीत, खण्डकाव्यलगायतका विधामा कलम चलाउदै, अनेसासको केन्द्रीय अध्यक्षसमेत रहेकी खत्री अनेसासको बिओटी र केन्द्रको अध्यक्ष हुने पहिलो महिला हुन् । साहित्य-प्रेमी रोहिणी शर्माको प्रायोजनमा प्रदान गरिने उक्त पुरस्कारको रकम ५०१ डलर रहेको छ।

मार्च १०-१२ मा हुने बोस्टन साहित्य सम्मेलनमा साहित्यकार खत्रीलाई पुरस्कृत गरिने छ । अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com