काभ्रेबाट गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु

काभ्रेबाट गैरआवासीय नेपालीलाई नागरिकता वितरण सुरु
Published on
Updated on

काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले गैर आवासीय नेपालीलाई नागरिकता वितरण सुरु गरेको छ । बनेपा नगरपालिका ९ घर भई हाल क्यानाडा बस्दै आएका श्याम कृष्ण डंगोललाई काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहीबार पहिलोपटक गैर आवासीय नागरिकता प्रदान गरेकी हुन् ।

प्रमुख जिल्ला अधिकारीले हस्ताक्षर गरेको गैरआवासीय नागरिकतालाई प्रजिअ शर्मालेनै हस्तान्तरण गरेकी थिइन् । डंगोलले नेपाली नागरिकता त्यागेर बिहीबार गैरआवासीय नागरिकता लिएका हुन् ।

गैर आवासीय नागरिकता लिदै डंगोल भने लामो समयपछिको गैरआवासिय नेपालीको प्रतिक्षा र नेपालको संविधानले दिएको अधिकार उपयोग गर्दै एनआरएन नागरिकता लिएको छु । आवश्यक सहयोग र सहजिकरणका निम्ति जिल्ला प्रशासन कार्यालय काभ्रेप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’

प्रमुख जिल्ला अधिकारी शर्माले गैर आवासीय नेपालीलाई राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका आर्थिक, सामाजिकलगायत अधिकार हुने बताइन । उनका अनुसार नेपाल नागरिकता (तेश्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भए बमोजिम गैरआवासीय नेपालीलाई नागरिकता प्रमाणपत्र दिन थालिएको हो ।

गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयहरुलाई समावेश गरी नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीआईएमएस) अद्यावधिक गर्ने कार्य गृह मन्त्रालयबाट भइसके पनि जिल्लाबाट नागरिकता दिन प्रणाली व्यवस्थापनमा केही समय लागेको उनले बताए ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com