एनआरएनए निर्वाचनः महेश श्रेष्ठको प्यानलमा महासचिव पदमा विवाद

एनआरएनए निर्वाचनः महेश श्रेष्ठको प्यानलमा महासचिव पदमा विवाद
एनआरएनए निर्वाचनः  महेश श्रेष्ठको प्यानलमा महासचिव पदमा विवाद

काठमाडौं । गैर आवासीय नेपाली संघको आगामी कार्यकालको नेतृत्वको लागि उपाध्यक्ष महेश श्रेष्ठले शुक्रबार उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

श्रेष्ठले शुक्रबार ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा दिनको ३ बजे पत्रकार सम्मेलनको आयोजना गरि उम्मेदवारी घोषणा गर्न लागे पनि उनको प्यानलबाट महासचिव पदमा को उम्मेदवार बन्ने भन्ने विषयमा विवाद रहेको छ ।

श्रेष्ठले गत अगष्ट महिनामा संघका अध्यक्ष कुल आचार्य र केशव पौडेललाई प्यानलको उम्मेदवार छान्न जिम्मेवारी दिएका थिए । पौडेल र आचार्यले गैरआवासीय नेपाली संघ अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सुवेदीलाई उम्मेदवार बनाए पछि श्रेष्ठ दवावमा परेका छन् ।

उनी निकटवर्तीहरुको हालै लण्डनमा सम्पन्न भेलाले गंगाधार गौतमलाई महासचिवको उम्मेदवार बनाउने निर्णय गरेको थियो तर श्रेष्ठले सो निर्णयलाई स्थापित गर्न नसक्दा उनको पुरै प्यानल विवादमा परेको छ ।

घोषणसभामा प्रतिबद्धतापत्र समेत सार्वजनिक गरिने श्रेष्ठले जनाएका छन् । स्रोतका अनुसार श्रेष्ठले सुवेदीलाई महासचिवको उम्मेदवार बनाएर गौतमलाई उपाध्यक्ष पदमा लैजाने तयारी गरको छन् । शुक्रवार विहान सम्म महासचिव पदमा उम्मेदवारी नजुटेमा श्रेष्ठले आफ्नो मात्र उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

उपाध्यक्ष श्रेष्ठले ११ औं महाधिवेशनमा संघलाई एकताबद्ध गरि नयाँ योजना र नयाँ कार्यक्रमसहित उम्मेदवारी घोषणा गरिन लागिएको बताए । उनले विश्वभरिका गैर आवासीय नेपालीहरुमा जुम मार्फत पत्रकार सम्मेलनमा जोडिन पनि आह्वान गरेका छन्।

गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशिल रहँदै आउनु भएको श्रेष्ठ आइसिसी कोषाध्यक्षमा लोकप्रिय मतका साथ विजयी भएका थिए । कोषाध्यक्ष हुँदा संस्थालाई आर्थिक पारदर्शीता कायम गर्नेदेखि आर्थिक अवस्था सुधार गर्न उनी सफल भएका थिए

श्रेष्ठले विशेष गरि गैर आवसाीय नेपाली संघले उठाउँदै आएको नेपाली नागरिकताको निरन्तरतालाई कार्यान्वयन गराउन महत्वपूर्ण भूमीका निर्वाह गदै आएका छन् ।

संघको आसन्न ११ औ महाधिवेशन १७ – २० अक्टोबरमा हुँदैछ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com