एनआरएनएमा आर्थिक अनुशासन कडाईका साथ लागु हुन्छ : महेश श्रेष्ठ

एनआरएनए उपाध्यक्ष पदका प्रत्यासी
एनआरएनएमा आर्थिक अनुशासन कडाईका साथ लागु हुन्छ : महेश श्रेष्ठ
Mahesh Shrestha Facebook

गैर आवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठले संघले नाफाभन्दा पनि विगतमा भएका घाटालाई अहिले पूर्ति गरिरहेको बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६३औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको

बहस कर्यक्रममा बोल्दै कोषाध्यक्ष श्रेष्ठले विगतदेखि आजसम्म भएको घाटा मध्ये ११ करोड रुपैयाँको पूर्तिमा संघ लागिरहेको बताउनु भयो ।

उहाँ एनआरएनए १० औं महाधिवेशनका लागि उपाध्यक्ष पदका प्रत्यासी पनि हुनुहुन्छ । उहाँ जापानमा बसोबास गर्दै आउनु भएको छ ।

संघको हालको आमदानीबारे उहाँ भन्नुहुन्छ, 'असार मसान्तसम्म गरेर अहिले हाम्रो खातामा फिक्स डिपोजिट लगभग ५

करोड जति रहेको छ । र, सबै देशहबाट सदस्यत शुल्क ५ डलरको हिसाबले आउनेक्रममा छ ।

उहाँले अगाडि भन्नुभयो, 'यो अधिवेशनसम्म हामीले ९, १० करोड जति आम्दानी गर्छौं ।

२००३ देखि आजसम्म आउँदा आर्थिक पक्ष अलि व्यवस्थित भएको पनि उहाँले उल्लेख गर्नुभयो ।  

हामीले विभिन्न प्रोजेक्ट र सचिवालय खर्चलगाएतका सबै खर्चको डिडिए गर्यौं र त्यसबाट हाम्रो खर्चबारे पूर्ण विवरण

पायौं र त्यही अनुसार काम गर्यौं, कोषाध्यक्ष श्रेष्ठले भन्नुहुन्छ, 'यसरी नै हाम्रो संस्थाको आर्थिक पक्ष पारदर्शिता भएको छ। साथै खर्च पनि व्यवस्थित भएको छ ।

यस्तै, चुनावमा मतदान दिँदा मतदाताले आधार खोज्ने भएकाले एनआरएनए निर्वाचनमा राजनीतिकको प्रभाव पर्न सक्ने आंकलन उहाँको छ ।

यसैगरि, संघको आर्थिक पक्षलाई अझैं व्यवस्थित गर्न र आर्थिक अनुशासन पालना गर्न आफूहरु सचेत रहेको पनि उहाँले बताउनु भयो । साथै आफ्नै कार्यकालमा संघमा हुने धेरै अनावश्यक खर्चलाई पनि कटौति गरेको उहाँको भनाइ छ ।

अनलाइनमार्फत सम्पन्न भएको उक्त कार्यक्रममा श्रेष्ठको प्रमुख आतिथ्य र पत्रकार महासंघमा कार्यरत विभिन्न देशलाई प्रतिनिधित्व गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com